Jump to content

Page:Prometheus.pdf/77

From Nepali Proofreaders
This page has not been proofread

प्रथम शठ प्रमियसलाई लौह जंजीरले
बाँध ।"

(५२)
आकाशभर बादल छाए त्यस बेला,
उग्र भ्रयो मेघनाद- मानवजाति कंपायमान,
उल्काका अनेक शंकाले दिनरात सभाक्रान्त
देख्न लाग्यो अनेक दाएण सपना, अकथनीय !
जब हेफिस्टस अगिनदेव, नतशिर जिउसअगि,
ओर्तै पृथिवीतिर बादलमा राख्न महा आज्ञा ।

(५३)
शायद प्रमिथसको जस्तै बदमाशीले विह्वल
स्वर्गाधिराजहरूका क्रोधानलमा शतचर
यो कलेजाफार अगिनचोर प्रवृत्तिले दुष्ट
नित्य विफल नित्योद्योगीते आत्मा मानव
देवकोटीय । अरु चाहन्छस्‌ अनेकानेक
दुष्ट, दुष्ट असहन-सहन संसारमा क्रूर ?
एकछिन पर्खी, सुस्ता अग ए लेखनीहस्त !
विचार गर, यस विशाल संग्राममा
प्रकाशनिमित्त यस मानव-संसारमा,
तँ चर, च्र जीवनको अग्रसरण अज
तेतो महाप्रलय नहोला ? के त॑ पनि होस्‌ प्रमिथस ?
हा, एक महानिशामा एक जूनकीरी पिलपिल !