सत्यको होला शान अड्डा तब संसारमा ।
भज्ला सारा दुनियाँ हँदै तब सत्यज्योति
विद्युत्समान विलसित प्रमिथसको मुहारको ।
(४०)
"कम्पकारी अत्याचार शस्त्राधिरूढ
क्रूर स्वर्गको, चार पयरमा टेकीकन
खाला जब कंटीला घाँस पछ्नुताउका
ताजा ताजा तब नबेपींध खाल्टोले
मुख बाउला अगाध निल्न जिउसको शक्ति ।
चर्म्मचक्षुले अन्ध, दुर्बलताले निर्दयी,
जिउस गिर्ला, नक्कली शात्रको स्वर्गा;धिराज,
आफ्ना अन्तरका आत्मविरोधहरूले पतित ।
मानव, हामी छौँ सत्यपक्षमा । नडराओ मानव !
(४१)
"जब रुंझामा पहेँलो पट्टी झैँ सत्य आँधीले
बढारिँदो लाचार जिउस गिर्ला तल, तल,
विस्मृतिकी बैतरणीले निल्ली उत्तलाई ।
झ होला तब 'लेथी' नदीवार एक छाया उँ ।
'माववलाई शासन गर्नेछैन पशुशक्तिले तब ।
आशावादी बन मानवहो, तिस्रो छ महाचिजय
तिम्रो सत्यपक्षमा म प्रमिथस छु जिउसविरुद्ध" ।
(४२)
यसरी प्रमिथसले संबौधित मानव-जाति
उत्तेजित बन्यो प्रतिक्षण, एतिक्षण बसै
अलिकल संकल घार हँ मानव-घर, नगर,
_सलिल किनाराहरूमा, अति उब्जनीदार
शहर-योप्ली धरातल बन्यो रमणीय,
प्रतिदिन समन्नत, प्रगतिशीत मानवले
गन्यो सहसमुखी समुन्तति । कृषि, वाणिज्य बढे ।
आइय भयो जनसंघ आशावादी सभ्यता
बन्दी प्रति उज्याती घनी बनी ।
(४३)
तब हेरे क्रर जिउसले, उच्च स्वर्गबाट
मानवको पृथिवीमा तरखर ! नवजागृत
मन्प्य-निर्माणशील, नव सभ्यता रच्थ्यो ।
दिन दिन प्रगतिशील पुरुष बन्दो, देवसमान,
देखी त्यसकन जिउसले, महाक्रोध गरै
प्रमिथसको जसले यसलाई बनाय्रो यति उन्नत ।
Page:Prometheus.pdf/74
Appearance
This page has not been proofread
