माभीषण शक्ति-संयुक्त-देवताको आत्मासरि ।
हेरै मानवहरूले त्यो चमत्क्त, प्रशंसाले,
केवल अन्दाजी त्यसको स्वभाव !... सहर्ष !
(३)
स्वर्गको आगो, त्या भीषण, हितकर पदार्थ,
जो पकड-पार् थियो मानबको अफ्सम्म-
त्यो सेतो दुश्य गरम औं चक्षु- आक्रामक
ज्योति, जो अनगिन ताराहरूमा दुगु्थ्यो,
आँखाका परेलासरि, किमफिम, चमचम !
त्यो धकधक पदार्थ जो अविज्ञात, अपोलोको
ओज थियो, जीवनदाता, वनस्पति -प्रिय,
जसले बादलको बाक्लो वारक माडी छैडी
ल्याउँथ्यो दिन-नाशपछ्वाडि सृजन नयाँ,
उघारी नयाँ जन्मँदो विश्वको अरुण दुग ।
त्यो आगौ जो कहिले, कहिले महारण्यमा
स्वर्गको धुपको चर्को छूतले सल्कन्थ्यो देनदन
भीषण, महाभीषण... जो नास्दछ सब, जिलाउँछ
(४)
सारा ! त्यो आगो, त्यो ज्योति-क्षेपक, त्यो 'चमटकार
मुख बाए कसैले त्यहाँ- कसैले हेरे वाल्ल ।
कोही भयभीत भई सोधे- खदिन यसले ?
बनलाई डढेलोले जै मानवजाति समस्त ?"
प्रभिथसले दिए प्रत्युत्तर : खान्छ, खिलाउँछ,
पाल्दछ, फाल्दछ, सोच्दछ, पोस्दछ यो आगो ।
यही संसारको सृष्टिबीच ! यही संसार-
प्रभक्षक, यो पिता, यो काल, यो मित्र यो अरि ।
सदुपयोगको सहायक, दुरुपयोगको
ध्वंसक यो आगो ! यो भीषण तत्व, यौ स्वर्गमा
नक्षत्रको पोशाक, आकाशको संपोषक !
देबहरूको देबत्ब, यसमा मृत्यु अमृतको
संयोग ! दूर पूर्वमा गंसलाई मानी देवदूत
प॒जा गर्छन्- यही नभई देवमा हुन्न अन्न
शक्ति, ओज, साग्राज्य ! पही आलिम्पस पर्वतको
उदरदरीको घकधक ! यो सृष्टिको प्रभात ।
यो शक्ति, यो तभ्यता, यो सर्वस्व, पसलाई
राम्ररी चिन मानवहो ! यसबाट हुन्न बिनाशा,
Page:Prometheus.pdf/68
Appearance
This page has not been proofread
