Jump to content

Page:Prometheus.pdf/141

From Nepali Proofreaders
This page has not been proofread

जंग्याए स्वर्गाधिराज जिउस महाजंड
असहन प्रकृति, तिनी बलोन्मत्त रुद्र थिए
जाज्चल्यमान ! ओलिम्पसका पर्वतमा तिनी
अनिजेय, अवरुद्ध कुलिशघारी देबेन्द्र
अयुत-सुरमणि-चर्चित-चरण-युगल
थिए महावीर्य ! तर ती थिए मानवका
अभित्र, घ्वंसन खोज्थे मानव जाति समस्त !
+ + +
यी जिउस थिए पितृहत्यारा, देवाधिराज-
कोनोस-पृत्र ! -क्ोनोस ! जसले महावीरतासँग
गरे स्वपिता यूरानस महादेवसँग युद्ध ।
युद्ध गरे ती आदितेयहरूका पूर्व प्रुष
यूरानस महाबली भूस्वर्गविजयी विरोध,
+ + +
यूरानस थिए स्वर्गमडलका ओजरवी सुर,
पूर्वपुरुष पाश्चात्य देवका गुनानी सब ।
यिनले पाणिग्रहण गरे पृथिवीको जसको
नाम थियो जीया-ज्या । अतिसुन्दरी तिनी
अल्पस नगमालाका तुहिने वर्णले मीठी
जवारागफाले सुन्दर ! कौशेय परिधान
धानी घरेकी, कलकलस्बरा, कलाललिता
शश्यांचला, श्यामलचोली, घन-पटुकी,
नृत्यमा थिइन्‌ अति चतुरी, सूर्य वरिपरि
नाच्थिन्‌ आकाशमा, चन्द्रहार-भूषिता,
सहनशील तिनको मिजाज थियो अति दानी ।
जुहारहरू हेर्न प्रसन्न बन्दथिन्‌ स्वर्गका ।
ती बैँसेकन, फलबेलीले सुन्दरी, एक दिन
सुधा-जूनमा स्वप्निल पाई नग-एकान्तमा
युरानस स्वर्गराजले, लोभ्याई जुहारले,
लगे स्वराज्यमा बन्न वीर-माता महिषी !
+ + +
यस दिव्य विवाहको, भूस्वर्गको, भयो फल
तीन तनय सुन्दर, ब्रायरिओस, गाइज, कटोस,
यी थिए अजङ महावीर, पर्वतसदश,