समागम पाइन्छ । यस परिप्रेक्यमा उनले आफ्ना २००२-३ सालका दुईवर्ष) महाकाव्ययात्रा-पूर्वाईमा (सम्भवत: भाषानुवाद परिषद्बाट अन्तिम बिदाइ लिई त्रिचन्द्र कलेजमा २००३ साल असार १२ गते प्राध्यापन थाल्नुभन्दा अगि नै) अहिले प्रकाशित हुन लागेको पृथ्वीराज चौहान महाकाव्य लेखेको हन्पर्छ । उनले सुलोचना (२००२ सालमा लेखिसकेपछि र २००३ सालका सुरुका दुई- महिनाभित्रै यस पृथ्वीराज चौहानको रचना गरेको भन्न सकिन्छ, किनभने उनले परिषद्का अध्यक्षबाट कथावस्तु (प्लट) पास गराई लेखेका बन-क्सुम महाकाव्यमा उनको महाकाव्य-प्रतिभा ज्यादाजसो श्रान्त-क्लान्त अवस्थामा छ र त्यसभन्दा अगि नै (सम्भवत: कथावस्तु पास नगराई ?) उनले यो पृथ्वीराज चौहान लेखेको मान्नुपर्ने सृजनात्मक कारक छँदै छ । त्यस्तै उनको अर्को महाकाव्य महाराणा प्रतापचाहिँ उक्त परिषदको जागिर छोडेपछि नै द्ृततीब प्रतिभा-प्रवाहभन्दा कविकीशलकै जोडमा लेखियो २००३ सालभित्रै । उक्त परिषद् विघटित भइसकेपछि समिति (ने. भा. प्र. स.) का दराजमा महाकविका अरू अनेक प्रकाशन-शेष रचनासँगै वन-कुसुम र पृथ्वीराज चौहान महाकाव्यका पाण्डुलिपि पनि थन्किन पुगे । उनका बनारस- आत्मप्रवासपछिका मौसममा यिनको प्रकाशन सम्भव रहेन भने २००७ सालको क्रान्तिपछि यी र महाराणा प्रताप महाकाव्यका प्रकाशनबारे स्मरण गराउँदा उनले यिनमा परिष्कारको आवश्यकता देखेको कुरा पनि जानकारीमा आइसकेकै छ र अन्तिम महाकाव्य प्रमिथसका परिष्कारप्रति उनी सचेत रहेको क्रोचाहिँ माथि बताइसकिएकै छ । २०१५ सालमा आफ्नो लोकप्रिय कृति मुनामदन (१९९२) को समेत उनले परिष्कार र परिवर्द्धन गरेका हुन् भने आफ्ना उदितास्त व्यस्त कविजीवनमा आधुनिक नेपाली कविताकलाका यी सगरमाथा प्रतिभाले न पूर्वप्रकाशित शाकुन्तल र सुलोचनाकै परिमार्जन गर्न भ्याए न त प्रकाश्य पृथ्वीराज चौहान, वन-क्सुम, महाराणा प्रताप र प्रमिथसकै परिष्कार गरी यिनलाई चाहेजस्तो गुणस्तरसहित संशोधित गरी पूर्णता दिन नै पाए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले २००३ सालतिर अनेक महाकाव्य लेख्ने योजना गरेको क्रा जानकारीमा आइसकेकै छ । उनले नेपाली, अङ्ग्रेजी र संस्कृत तीन भाषामा महाकाव्य लेख्न चाहेका हुन् र यी तीनवटै भाषाका थालिएका, अधुरा र प्राय: प्रा भएका एवं उनकै जीवनकालमा पूरा भई प्रकाशित वा उनका देहावसानउप्रान्त प्रकाशित भएका गरी जम्मा तेह्र (एक