मौलिक उच्चस्तरीय महाकाव्य-गङ्गालाई अवतरित गराउन वा प्रकाशित तुल्याउन समर्थ भगीरथपुरुषका रूपमा शाक्न्तल महाकाव्य (२००२। ले नै उनलाई चिनायो; त्यस महाकाव्यका 'वक्तव्य' मा उनले 'आइसल्यान्डको सर्प", 'अभाव पूरा गर्ने इच्छा पल्हाएर आयो', 'अभावपूर्तिको रूपमा खडा' र 'यो भगीरथको गङ्गा हो; थाप्लामा बोक्न मुस्किल छ' जस्ता अभिव्यक्तिमार्फत आफ्ना यस महाकाव्यकारिताका उत्प्रेरक कारकहरूतर्फ सङ्गेत गरेकै हुन् । सोही 'बक्तव्य' मा उनले 'लेखेँ तीनै महिनामा रातीराती बसेर फुर्सदमा' र 'कलम बिजुलीकैँ दौडयो' भनी आफ्ना 'ट्ूुतलेखन' वा 'आशुकवित्व' तर्फ पनि सङ्गेत गरेका छन्; कवितासंसारमा प्राय: दीर्घकालीन साधनाकै आधारमा महाकाव्य रचिँदै-लेखिँदै आएकामा उनी बा 'प्रतिभा-कुवेर देवकोटा' ले अँगालेको यो बिजुलीवेगी ट्रतलेखनको महाकाव्यसृजनाप्रक्रिया आफैंमा एक नवप्रयोग थियो नै । यही द्ृुतलेखनको अगिनपरीक्षा दिँदै उनी उत्तीर्ण भएको परिणाम थियो त्यो दसदिने प्रसवस्वरूप सुलोचना महाकाव्य (रचना २०००; प्रकाशन २००३), जसका 'भूमिका' मा उनले आफ्ना महाकाव्य-लेखन-प्रक्रियाका बारेमा 'खहरेको वैग' 'बाढी आएको बैला' एक घण्टामा स्वागतामा ४५ श्लोक जुद्धसडकमा मोटर दगुरेकैं दौडी २५ वर्षको 'कवि-तपस्या' र 'कल्पनाको कार्चीपीमा छन्दको दौडमा बेअडान पढ्क्तिहरू हवाईजहाज कुदाएर' जस्ता सङ्गेतसमेत दिएका छन् । सोही 'भूमिका' मा उनले 'अक होड गरेको थिइनँ; सायद एक दिनभरिमा एउटा लेख्न सक्छु कि ।” जस्ता कथनमार्फत आफ्ना द्रतलेखन शक्तितर्फ पनि इसारा गरेकै छन् । तर यसै 'भूमिका' मा 'ढिलो लेख्ने कछुवाहरू गोलमा पुग्छन्; म खरायो बीचैमा निदाएर दौड हारिरहेछु', 'कविसंसारको सानो टुँडिखेलमा एक दौडबाजी' र 'भविष्यलाई पातीका नाममा तीतेपाती' जस्ता अभिव्यक्तिहरूद्वारा उनले द्ृुतलेखनका 'खेलकूदको मजा' र भविष्यमा 'तीतैपाती' साबित हुन सक्ने कलात्मक आत्मसचेततालाई पनि जाहेर गरेकै छन् । उनले २००० सालदेखि यताका आफ्ना शैष जीवनका लगभग डेढ दशकका अवधिमा थुप्रै महाकाव्यहरू लेखी तीमध्ये केही अधुरा रहे पनि धेरैजसो प्राय: पूरा भए; तर ती सबैचाहिँ उनकै जीवनकालमा भने छापिएनन् । यस्तै एक प्राय: पूरा भएको तर अप्रकाशित रहन पुगेकी महाकाव्य हो साका प्रकाशनद्वारा यतिखेर प्रकाशित भइरहेको पृथ्वीराज चौहान महाकाव्य ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका महाकाव्ययात्राको पूर्वा् भन्नु मोटामोटीमा २०००-२००४ सालको आधा दशक हो भने खास गरी २००२-