Jump to content

Page:Prithviraj chauhan.pdf/102

From Nepali Proofreaders
This page has not been proofread

चाँदनी कोमल गाथकी कोमल
तुहिन धवल हृदय विमल
सुन्दर परिमल ।
नयन युगल मिर्गका असल
सत्यकी असल बैंशकी अचल
मोहन सकल, परीकी नकल
अमर तरु फल ।
ती सुकुमारी पानीदार हीरा
मधुर कुसुमहरूकी शिरा
दन्तमा दन्त अनारका चिरा
वैशकी बागमा ।
कोयली उनका गलामा बोल्थे
अङ्गमा फुल्दा बदली फुल्थे
मुहारमा शरद्चन्द्रमैं खुल्थे
सौन्दर्य बागमा ।
गानाकी चरा मधुरकी सुरा
वीणाका तारमा भावकी पूरा
बजाउने मधुर बोलेका कुरा
पल्लव अधरकी ।
वीरको हाँगा फुलेकी फूल
कन्नौज शहरकी ।"

(५)
सुनेर भन्छन् पृथिवीराज
"गजबको बयान ।
यस्तो ता मैले सुनेको थिन
तारिफको मुहान ।"
“नजर गरे पुगी पो हाल्छ”
चन्दाले भन्दछन् ।