सांग्रा किताब नै
नेपाल पढ्दैन ।
[२४]
संसार सेवामा
प्रेमको मेवा छ !
नेपाल संसारमा
प्रेमको टेवा छ ।
पहाड जस्ता छन्
छाती वीरका ।
वज्र कठोर भै
झर्ना झरेका !
प्रेमका जरामा
पहाड अड्दछन् ।
स्वर्ग देवलोकमा
शिखर चढ्दछन् ।
फूलका भावना
आँसु जड्दछन् ।
चरा हाँगामा
वेद पढ्दछन् !
मानिस भन्दामा
ज्यान दी लड्दछन् !
[२५]
म्हेन्दु आँखामा
नीरव जून झल्क्यो ।
पहाड घाउ झैँ
सेतो पहरा
उनको दिलमा
अमृत मलमले
पूर्णिमाको रात
जस्तो भै टल्क्यो !
[२६]
गुम्बु भन्दछन्-
यात्री हूँ हामी
सुन्दर मन्दिरका
दिलका बिरामी !
हिँड्छौं गोसाईंथान
सुन्दर निम्तामा
स्वर्ग भेट्टाउने
मनको चिन्तामा ॥
[२७]
हामी घर खोज्छौं
घरका बाहिर ।
घरका द्यौताको
आज्ञा जाहिर !
पालन गर्नामा
पहाड वननेर !
[२८]
हामी बोल्दछौं
मनमा सुनभाषा
पीर्ति झल्किँदा
वेटर हर मासा ।
सत्य झर्दछ
प्रेममा सुन्दर भै ।
ईश्वर बस्दछ
प्रेमको मन्दिर भै
प्रेमका सच्चा पल
बोल्छन् सद्वाणी
Page:Mhendu.pdf/21
Appearance
This page has been validated
