This page has been proofread
गरम गरम प्याला,
बोक्छन् गुलाफ गाला;
हिउँ जस्ता छाला,
कोमल जसका छन् ॥
गालामाथि कोठी,
काला तिलका छन् ।
जसका तिर्छी नजर
मार्ने झिल्का छन् ॥
(५)
सिल भुवाको भोटो
मखमल अल्खामा;
कान चिरेको टोपी,
बाघको छालामा;
पन्ना लप्सीजत्रो
कानमा झल्कन्छ ।
बाहुला जोरी साम्बा,
सिमल भुवामाथि
सुखले ढल्कन्छ ॥
(६)
असल असल नौनी
चाँदी डब्बामा
बनेका मिर्ग खुट्टी,
हिउँले धूलो छुट्टी,
बुर्बर पारी हाल्छन्
चिया बट्टामा ॥