This page has been proofread
(७)
छक् भै जिल्ली हेर्दो ह्लानो
ह्लानो लामा– [लूनी लाने]
गजब पर्दछ !
'चाङना' सेर्पा आँखा भरभर
जलजल भर्दछ !
(८)
लूनी रानी लहरा झैँ
काँधमा बेह्री बस्छिन् उसको
आँखा झर्दछ !
सेर्पा साङ्गा बाबु सोङ्गो
होशमा फिर्दछ !
(९)
ह्मे ह्मे लामा तीखो लामा
सारा बझ्दछ !
लामा ह्मे ह्मे गम्भीर स्वरले
दुई ओठ खोल्दछ ॥
(१०)
"यी हुन् लूनी लूनी रानी
हेलम्बूकी फूलकी खानी
आँखा भरभर परी पानी
ह्लासा गएकी ।
यो हो 'चाङना' उसको प्रेमी
दिलमा लिएकी ॥