This page has been proofread
(१३)
आँसु कोसले सोध्छौँ
रानी वैलेकी ।
कठै ! कस्ती दुब्ली
छैनौ पैलेकी ॥
(१४)
ह्मेन्दु वनको मिर्गी
भाले खोरको
चुपचापकी बिन्दु
झलझल झरेकी
इतिहासको पाना
दाना गरेकी
जलका आँखा हेर्छिन्
जलले भरेकी
(१५)
टलपल भै हेलम्बा
केश मुसार्छिन् ।
जिन्जी भुइँमा झर्दो
केश घुसार्छिन् ।
आन्जा हातले आड दो
मुहार बिचार्छिन् ॥
(१६)
घुँक्क घुँक्क मनको
बोली फुट्दैन ।
आँखा आँखा झर्छन्
गाँठो टुट्दैन ।