This page has been proofread
(ण)
(१)
दोखी दिलको कहानी
ह्मेन्दु वनकी सुनखानी
वैलिजाँदी जवानी
आन्जा' 'जिन्जी' दोटो ।
रच्छन् जालको जाली
बुद्धि आफ्ना घोटी ॥
(२)
आन्जा जान्छे ह्लामा 'ह्लूसिङ्गो' को घर ।
काँचो धागो बेह्रेको सारा वरपर ॥
(३)
'ह्लूसिङ्गो' को बोली मेघले मेट्दैन !
'ह्लूसिङ्गो' को गोली बिजुली भेट्दैन ॥
'ह्लूसिङ्गो' ले हाने के मुटु छोड्दैन ?
(४)
असिनालाई हान्ने, दुश्मन बारीमा ।
वज्र फर्काई फ्याँक्ने सल्लाघारीमा ॥