This page has been proofread
(ढ)
(१)
"आज जिन्जी, मलाई 'चाङना'
पारि बोलाउँछ ।
आज जिन्जी, ह्मेन्दो वनमा
फूल फूल डोलाउँछ ॥
(२)
"आज जिन्जी, फूलको घण्टी
कसले बजाउँछ ?
आज जलथल बिजुलीले
कसले झल्काउँछ
(३)
"आज जिन्जी, स्वर्गबाट
बादल छेडेर
सुनको भर्याङ सुन खुड्किला
कल्ले लगाउँछ ?