This page has been proofread
(ज)
(१)
'लूनी' मेरी खबरदार !!
'चाङना' त्यो हो चोर सरदार ।
जालिस् नाच्न ! केलिन्तीर ।
फेरि देखूँ लौ एकबार
बच्ने छैन घरबार
लेला मेरो तरबार
काटी तेरो 'चाङना' शिर
(२)
थरथर जिन्जी नीली छ ।
काँप्दी जून झन् पीली[1] छ ॥
लूनी बन्छिन् बदली ।
चाङनालाई धपाए
गुम्बा पस्न लगाए
झल्किआउँथ्यो साउन झैँ
सम्झनाको बिजुली !
- ↑ पहेँलो