(१) नाचूँ रे केलिन्तीर[1] भाचूँ रे कम्बर वीर ! सिँगारूँ पल्लव-शिर ! (२) जून-बत्ती हिमालमा हीराझल कपालमा हेलम्बू नेपालमा । (३) बाँसुरी, वनश्वासी ओठमा ल्यौ, मृदु हाँसी हामी सब, हात गाँसी फूल माला, नाच्नेछौँ । सुरसुरमा जललहर कम्बर यो भाँच्नेछौँ ॥