Jump to content

Page:Luni.pdf/29

From Nepali Proofreaders
This page has been proofread
(च)

(१)
रानी लूनी राम्री
शिरीष कोमल हाम्री
कठै ! रुन्छिन्‌ मनमा
एक्लै हमेन्दु[1] वनमा

(२)
ह्नामे[2] बोल्छ "को हो !"
पल्लव हेर्छन्‌ "ओहो !"
झुल्छे लहरा !
बैँस फुट्छ रङ्गमा
फूलैफूलका लङमा
वसन्तका सँगमा
नाच्छे छहरा !

  1. तामाङ भाषामा 'फूल' भन्ने अर्थ हुन्छ । यहाँ फूलबारीको नाम ।
  2. ह्नामे= कोयली, चरा ।