This page has been proofread
(१९)
आँखा झक्दी लूनी रानी
गाला गाला फुल्छिन् ।
नशा नशा गुलाफ चल्छन्
नरम तवर बोल्छिन् ॥
(२०)
"ह्वैन जिन्जी ! ह्वैन जिन्जी,
झूटो बोल्छ्यौ तिमी !"
जिन्जी भन्छे "चिन्छु मैले
चिन्छु तामा सीमी ।"
(२१)
"तर आज लूनी रानी,
अर्ती मेरो सुन ।
सेर्पा चाङना कम्बल जस्तो
तिमी हाम्री सुन ।
(२२)
आउला ठूलो आँधी गड्गड
रूखलाई रुलाई भाँची !
राम्रो गरी सह्माले है
आफ्नो दशा जाँची !
(२३)
निकाल्दिन्छु म ता त्यल्लाई
हाम्री रानी लूनी !"
बरबर आँखा दोटा झरे
रेशम झल्लरमुनि