This page has been proofread
सत्य-सन्देश
कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,
कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो ।
कैलास-श्रेणि कालो, झलमल गरने सूर्यको विम्ब कालो,
यो सारा सृष्टि कालो, मन-बिच छ भने दम्भ दुर्भाव कालो ॥