Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/65

From Nepali Proofreaders
This page has been validated

(३९)
कवि–
दर्द बुझेँ चुपचाप सब तिमि मनमा नलेउ सन्ताप ।
आफनु जीवनसम्म सुधार गरुँला सकेसम्म ॥

(४०)
कविता–
अघितिर पुच्छ घुसारी कविता प्रत्यक्ष लोकमा पारी ।
गंकन्छौ तिमि यसरी, सुधार होला हरे ! कसरी !

(४१)
कवि–
गुणवति ! सुन अबदेखि गन्थन गन्था विकामका लेखी ॥
गरनेछैनँ दिमाग पक्का यो चित्तमा राख ॥

(४२)
कविता–
बेस भन्यौ अबदेखि विचारशाली मिठा कुरा लेखी ।
मेरो गरनु सुधार, शिरमा तिमि बोक यो भार ॥

(४३)
कवि–
पहिले अलिअलि हाँसी नुहिकन पछि बसेर छासी ।
अर्ति दियौ हितकारी नपाइसकना बडा भारी ॥