Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/60

From Nepali Proofreaders
This page has been validated

(१४)
कविता–
आफनु शक्ति नजानी नबने अबदेखि 'पण्डितम्मानी' ।
कुर बरु धनिका ढोका, मिल्छन्‌ पछि दानको पोका ॥

(१५)
कवि–
प्रतिभा पूर्ण छ मेरी लेखि लगाएँ किताबको ढेरी ।
यस्तो सत्कवि सुजन, जान्छु र ढोकाविषे म किन ?

(१६)
कविता–
अक्षर अक्षर भाँची कनिकुथि गरि खालि छन्दमा नाची ।
प्रतिभा नभए कसरी लेखनु कन्था अगाडि सरी ॥

(१७)
कवि–
लेखनशैली मेरो प्रसादगुण-शालिनी हेरी ।
बालक पनि छन्‌ दङ्ग थियो कि यो व्यासमा ढङ्ग ?

(१८)
कविता–
खतिदिनु दिन दिन कन्था-ग्रामीण भ्रष्ट बोलिको पन्था ।
बुझ्दछ पल्टन सारा, चल्दछ अनि बिक्रिको धारा ॥