मैले जुन मातृभाषाको सेवा गर्ने उत्साह लिएर कलम
उठाएथेँ त्यस बखत यो हाम्रो मातृभाषा यति चाँडो यस्तो
उच्च स्तरमा पुग्न सक्ला भन्ने कुरोको मलाई कल्पना पनि
थिएन । फेरि उस वेला त्यस्ता अड्चनहरू पनि धेरै थिए, उसले
भरखरको सिकारू लेखकलाई उत्साहित गराउनाको सट्टा
नैराश्य अँध्यारो खाडलमा नै धकेल्थे ।
अहिले यहाँ त्यस वेलाको सामाजिक, राजनैतिक परिस्थितिको उल्लेख गर्नु सर्वथा अनुचित देखिन्छ, तापनि म यतिसम्म त नभनी रहन सक्तिनँ कि त्यो युग अर्कै थियो, व्यवस्था पनि अर्कै थियो, त्यसमा लेखकले मातृभाषाका उपर कलम बढाउँदा तिरस्कार, आक्षेप, खप्की इत्यादि प्रशस्त पाउँथ्यो, तर कतैतिरको कुनै कुनाबाट सहयोग वा प्रोस्साहन पाउनु आकाश- कुसुम जस्तै दुर्लभ थियो ।
किन्तु मैले 'कर्मण्येवाऽधिकारस्ते, मा फलेषु कदाचन' भन्ने गीताको उक्तिद्वारा प्रेरित भएर भाषा-सहित्य-विकासको मार्गमा पर्न आएका प्रत्येक विघ्नबाधाको सामना गर्दै उत्साहको बत्तीलाई