Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/57

From Nepali Proofreaders
This page has been validated
कवि-कविताऽऽलाप
(१९६७ सालमा लेखिएको र ६९ सालमा निर्णयसागर प्रेसमा प्रकाशित)

(१)
कवि–
भगवति! कविते ! देवी ! जुग-जुग तिम्रो म हूँ सदासेवी ।
बाहिर निस्कन आज, किन मानेको बडो लाज ?

(२)
कविता–
रसिला गुणिजन हेरी हालि अँगालो गलाविषे फेरि ।
रञ्जन पारि समाज डुली-रहेकी मलाई के लाज ?

(३)
कवि–
तिमी भनि अरु सब बात छोडि बिताएँ बसी बसी रात ।
तैपनि करुणा गरिनौ कसूर के देखि सामुमा परिनौ ?