Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/52

From Nepali Proofreaders
This page has been validated

रूक्मिणी- (घृणाको भावले) मयाँ लाग्ला
श्रीकृष्ण- (प्रेमसित अर्को फाँको हालेर) लागोस्‌
रूक्मिणी- (कौतुक भावले) म पनि (हात पसार्छिन्‌)
श्रीकृष्ण- (शिर हल्लाएर) नदिने
रूक्मिणी- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्‌)

उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गह्रुँका,
म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ?
छि है, त्यस्तो खाने कसरि ? यसरी गद्‌गद बनी
मयाँ लाग्ला ? लागोस्‌, म पनि, नदिने, दिन्नँ म पनि ॥