Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/34

From Nepali Proofreaders
This page has been validated

(३६)
नयन प्रभुका ललाटको
स्मरको कारण बिल्लिबाठको ।
नाचिह्नी अरु योग-साधना
जगदीशान ! सबै विडम्बना ॥

(३७)
शशिशेखर ! नाथ ! नाथको
जुन अर्धेन्दु-कला छ माथको ।
उसको सुषमा सुधामय
सबमा भर्दछ जीवनोदय ॥

(३८)
नयनऽग्नि-शिखा छ त्यो तल
उसमाथी शशिखण्ड शीतल ।
दुइ तत्त्व विरुद्ध हुन्‌, तर
अविरोधी प्रभुमा परस्पर ॥

(३९)
त्यसरी शिरमा विलक्षण-
स्थितिमा अग्नि र सोम धारण ।
गरने जुन शक्ति सत्त्व हो
प्रभुको त्यै त महेश्वरत्व हो ॥