This page has not been proofread
(६)
बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ?
सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन ॥
(७)
प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन ।
कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ??
(८)
अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन ।
नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन ॥
(९)
चिन्ताले प्रभुको चित्त सकदैन डगाउन ।
होला समुद्र शफरी उफ्रँदा धमिलो किन ??
(१०)
मिलेको छ महाराज ! काजमा नीति-पद्धति ।
नपुगेको कहाँ होला ? काव्यमा रसको गति ॥
(११)
लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती ।
बोलेकी छन् धरानाथ ! दीयताम् दीयातामिति ॥
(१२)
विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति ।
जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति ॥