Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/19

From Nepali Proofreaders
This page has been validated
शेषशायी विष्णु

(१)
कस्तो क्षीरसमुद्र हो ? कुन तहाँ शय्या बन्यो शेषको ?
क्या हो नाभिसरोज खास, जसमा लीला छ लोकेशको ?
कस्मा लक्ष्य छ शङ्ख चक्र दुईको ? के हो गदा-गौरव ?
केको सूचन गर्छे पङ्कज ? तथा त्यो झल्कँदो कौस्तुभ ?

(२)
लक्ष्मीको कुन लक्ष्य हो ? गरुडको के रूप हो वास्तव ?
त्यो पीताऽम्बरको रहस्य कुन हो ? जानी बुझी यो सब ।
विश्व-व्यापक विष्णुको म गरुँला आराधना क्यै भनी
डुब्दा तर्क-वितर्कका जलधिमा सारा बित्यो जीवनी ॥