Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/175

From Nepali Proofreaders
This page has not been proofread

(४)
ईँटा-काठको बटुली राश
यो घर ठाडो पार्ने खास ।
सकल बिलाए कर्मी ज्यामी
ओत बसेका छौँ अब हामी ॥

(५)
छोड सबै त्यो रिस र राग
पुछिद्यौ दिलको कालो दाग
मिलिजुलि सबले घाम र पानी
छलनै पर्दछ आखिर नानी !!

(६)
अघि कति भन्थे यै घर मेरो
कति कति घस्थे रङ्ग कमेरो ?
अब सब तिनको नाता पर भो
विधिवश अहिले हाम्रो घर भो ॥

(७)
पछि कति कतिको यो हुन जाला
कति कति जीवन यसले खाला ?
कति छौँ अहिले यसमा हामी
हेर कलेजा भरसक छामी ॥