Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/173

From Nepali Proofreaders
This page has not been proofread
राष्ट्रभावनाको गीत

सुन्दर यौटा स्वर्गपुरी हो हाम्रा खातिर हाम्रो नेपाल ।
जसमा जन्म्यौँ, खायौँ, खेल्यौँ, हुक्यौँ हेर्दै अचल हिमाल ॥

शीतल हावा, शीतल पानी, हिमको शीतल मधुर मुसकान ।
सबतिर कलकल शीतल झर्ना, शिवगौरीको वासस्थान ॥

वन जङ्गलको कृषि वैभवको, हरियाली लहराएको ।
पौरुष गर्दै पुर्खाहरुले, जुनिभरी पसीना भिजाएको ॥

स्वतन्त्रताको गौरव धारी, विश्वशान्तिको शान्त पुजारी ।
रसिलो हँसिलो हामी सबैको जीवनफुलको फुलबारी ॥

रवि-शशि-शोभित झन्डा हाम्रो, शशिकुल-दीपक राम्रो राजा ।
सत्य धर्म अटल यशस्वी सबको प्यारो सबको साजा ॥