This page has not been proofread
(३२)
ठाडो गरी शिर शिखाबलको बथान
गर्दै सकौतुक सबैतिर दृष्टि-दान ।
खोजी गरूँ मिहिरमण्डलको भनेर
लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥
(३३)
पारी सबै गगनमण्डल नाट्यशाला
नक्षत्र-हार पहिरीकन रात्रि-बाला ।
आँटी अवश्य अब खेलन केहि काल
पर्दा गिर्यो तिरमिरे छविको विशाल ॥
(३४)
एकै थिए अघि अनन्त सबै पदार्थ
झल्काउने रवि महाकवि झैँ यथार्थ ।
बत्तीहरू घरघरै अब सोहि काम
गर्छौँ भनी जलिरहेछन धूमधाम ॥[1]
- ↑ यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक