Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/141

From Nepali Proofreaders
This page has been proofread

(१६)
शुष्क छ घाँटी, बन्धन चर्को
बोलनुपरने झर्को अर्को ।
बोली नबोलूँ लट्ठि उजाई
हुन्छ तयारी पीटनलाई ॥

(१७)
यौटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी ।
भन्दछ तेस्रो आत्माराम !
पढो पढो जी, राखो नाम !॥

(१८)
यो कस्तो हो ? कसरी आयो ?
बसिकन पिँजराबिच के खायो !
यो सब बुझने कोही छैन
हाय !! यसैले मन रहँदैन ॥॥

(१९)
जीवन अर्पी बन्धन-भित्र
बोलनुपर्ने बोलि विचित्र ।
तैपनि चारा आधा मात्र
दैव ! रहेछौ करुणा-पात्र ॥