Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/128

From Nepali Proofreaders
This page has been proofread
संसारको स्वरूप

हाल्दै चिप्ला, मसीना शिथिल सब जरा सूक्ष्म भित्री हवामा
उम्रेको रूप-रेखा-विरहित रुखको गुप्त हाँगाबिँगामा ।
फन्का मारी हजारौँ किसिमसित सबै जेलनूसम्म जेली
खेली खेली घुमेको जटिल चहकिलो धन्य आकाश बेली ॥