Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/122

From Nepali Proofreaders
This page has been proofread
कन्याहरूको गौरीसित अभ्यर्थना

(१)
जय जय गौरी ! शैलकुमारी !
महिमा प्रभुको मङ्गलकारी ।
निशिदिन हाम्रो दिलमा भित्र
खेलोस्‌ भरदै भाव पवित्र ॥

(२)
सरल कुमारी-वय यो हाम्रो
फुलको कलि झैँ कोमल राम्रो ।
क्रमसित यो सब फक्रन पाओस्‌
राप तापको आँच नआओस्‌ ॥

(३)
गुण गौरवको यशको खास
यसमा मगमग मधुर सुवास ।
जननी ! पल-पल चढ्दै जाओस्‌
अपयश-बदबू घुस्न नपाओस्‌ ॥