Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/106

From Nepali Proofreaders
This page has been proofread

(११)
अलिछिन श्यामल चादर-भित्र
उज्ज्वल रागी बाल पवित्र ।
गुटुमुटु पारी गुम्म तताऊ
अनि झुलनामा माथी ल्याऊ ॥

(१२)
[1]बसि बसि म पनी तेतिञ्जेल
हेर्दछु रजनी ! रसिलो खेल ।
अतिशय राम्रो पारेँ फेला
शारदा अरुणोदयको बेला ॥

  1. (यो कविता शारदा पत्रिकको पहिलो अङ्कमा छापिएको छ ।)