(१२) आँपका मधुर मञ्जरि खाई दीर्घ उच्चतर कण्ठ खुलाई । कोइली गरछ गान विचित्र मस्त भै छिनछिनै रुखभित्र ॥ (१३) [1]लोकमा छ न त वृष्टि न घाम शीतको छ न कुनै धुमधाम । वायु चल्दछ बडो सुखकारी धन्य सुन्दर वसन्त विहारी ॥