कला प्रतिदिन घटी हीन हुन लाग्यो ।
कवि भानुभक्ताचार्यका नेपाली सहवासी श्रीयुत धर्मदत्त सुब्बाले यो २५ साल्मा कविजी घर् तरफ् जान लाग्दा रामायण उत्तरकांडको रामगीताको भाषानुवाद गर्नू भनी भनेका थिये । यस ज्वरलाई कवि भानुभक्तले कालज्वरै हो भन्ने ठहर्याई आफ्ना पुत्र रमानाथकन लेख् भनी आफूले बिछौनामा सुती रामगीताको भाषा बनाये । निज कविका पुत्र रमानाथ आचार्यले लेखे[1] रामगीता भाषा समाप्त भैसकेका भोलिपल्ट ज्वरको वेग बढ्दै गयो । अब मेरो सन्सारसितको सम्बन्ध आजैका दिनसम्म मात्र रहेछ भन्ने जानी आफ्ना पुत्र रमानाथलाई ज्ञानोपदेश र अर्थनीतिको उपदेश दिये ।
यस् सन्सारमा जन्म लियेपछि कसैले पनि भयंकर कालदण्डको मार नखाई नहुने हुनाले, सन्सारका प्रपंचमा फसी कतै यो मेरो यो आर्काको भन्दै रहोस् त पनि कालपाशको पासो पर्दा सबै जनधन आर्कैको हो; मेरो ह्वैन भनी कालपाशको जे चाल हुंछ सोही चालमा चल्नुपर्ने हुनाले, आफ्नो संसारी बल कतै बलियो होस् त पनि कालबलका अगाडि केही न चल्ने हनाले, आफ्ना एक् एक् परिश्रम र उद्योगका सहायताले जोर्जार जम्मा गरेका चीजको सुखभोग नछाडी सुख्खै नपाइनाले, आफ्ना कुटुम्ब, घर, इज्ज्त, इष्टमित्रहरूको ममता गरीकन पनि विकराल कालका मुखदेखि न निस्किसकिनु हुनाले मेरा मनको अभिलाषा यति पुगेको छैन; म यति समाप्त गर्छु भनी प्रचण्ड कालराजदेखि मियाद नपाइनाले यस्भन्दा बलियो ईश्वरका इच्छाले
- ↑ यो पुस्तक् अझतक् सुब्बा धर्मदत्तका पास छदै छ । अझतक् ३००० पुस्तक् भाषा रामायणका छापियेका थिये, तर कसैमा पनि रामगीता भाषा नछापियेको हुनाले यस् नवीन मोटा अक्षरका रामायणमा छापियाको छ ।
मूल्य ३) रामकृष्ण बर्म्मा
भारतजीवन प्रेस, काशी ।