रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर्नाच् पनि हेर्छु, खर्च नगरी ठूला चयन्मा मछू ॥
लाङ्खुट्या उपिञा उडुस् इ संगि छन् इन्कै लहर्मा बसी ।
लाङ्खुट्याहरु गाउँछन् इ उपिञा नाच्छन् म हेर्छू बसी ॥१॥
यस्तो बिन्ती गरी पठाउँदा पनि कवि भानुभक्ताचार्यको आपत् छुटेन । मनमा बडा दिक्दार भई ४ मैह्नासम्ममा अयोध्याकांड, आरण्यकाण्ड, किष्किन्धाकांड र सुन्दरकांडको भाषा श्लोक तयार् गरे । यति बनाई सकेपछि भानुभक्तलाई यसै साल्मा आफ्ना छोरा रमानाथ्को व्रतबन्ध गर्नुपर्यो र फेरि आफ्नो दुख्ख दरद जनाई एक् बिन्तीपत्र लेखी श्री ३ कम्यान्डर इन्चीफका हजूरमा दिये, जस्को नकल् यो छ-
जागिर्छैन धनी म छैन घरको केवल् कुदालो खनी ।
खान्थ्यां दुक्ख गरेर चाकरि गर्या मान् पाउंला की भनी ॥
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भयाछन् हरी ।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ह्यै न खोस्न्या ररी ॥१॥
चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको ।
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥
क्यारू आज पर्यां म ता विपतमा एकलो ञहां छूं फगत् ।
कुन् पाठले व्रतबन्ध पार्गरु मफेर्मान्छू अंध्यारो जगत् ॥२॥
गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनू माइको ।
बालखमा पनि वेद् पढी कन ससार्गर्नु गुरू गाइको ॥
यस्तो मख्य बखत् छ यो अरु छ कुन् काम् पारलाई दिन्या ।
धेरै बिन्ति कती गरूँ चरणमा एकै कुराले छिन्या ॥३॥