This page has been proofread
गरि सकेपछि हर्ष नारान र पुतली दुवै जनालाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानि रहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरि रहने, परन्तु नबोल्ने यस्तै भएर केही मिनेट दौडि सकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोलीकन मलाई सम्मान गरि रहेकी ?"
मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।
हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए ।