This page has been validated
हृदय घटाका जलले खुल्छन्
अधर हजार मृदुल;
कल्पनाको वनमा फुल्छन्
वेदनाको विस्तृत मूल ।
घाम र छायाहरूका सार
दिव्य कलाका श्रृङ्गार
जीवनका बोल,
सुन्दरताका हार
अश्रुविन्दु झैं गोल,
बस पथिक ! लेऊ उपहार
नचुँड नजानी मोल ।