अपार-संसार-समुद्रमाहाँ
डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ?
चाँडो कृपाले अहिले बताऊ
श्रीरामको पाउ छ मुख्य नाऊ ॥१॥
कुन हो सदा बन्धनमा पर्याको ?
जस्ले छ यो मन् सुखमा धर्याको ।
मुक्ती भन्याको त पदार्थ कुन् हो ?
वैराग्य भन्नू चिज जान्नु जुन् हो ॥२॥
ठुलो नरक् कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ॥३॥
कुन् ज्ञान् छ ठूलो भनि लीनु पर्न्या ?
वेदान्तको ज्ञान छ दु:ख हर्न्या ।
कुन् हो सहज् मोक्ष गरायिदीन्या ?
ज्ञान् हो अरूको किन नाम लीन्या ॥४॥
कुन् मूल ढोका छ नरक् कि ? नारी,
लान्छे नरक् मोह ठुलो फिजारी ।
कुन् धर्म हो स्वर्ग पुर्यायिदीन्या ?
तेस्तो अहिंसा छ बुझेर लीन्या ॥५॥
सुत्न्या सुखै पूर्वक आद्मि कुन् हो ?
समाधि लायी रहन्या त जुन् हो ।
जागा कउन् हो कसरी उ जान्न्या ?
जो सत् असत्को छ विवेक गर्न्या ॥६॥
Page:Bhanubhaktako ramayan.pdf/242
Appearance
This page has not been proofread
प्रश्नोत्तरमाला
