Luni/tha
(१)
हेलम्बूको पूर्वकुना केलिन्दीको तीरमा ।
'ह्मे ह्मे ह्लामा' गुम्बा बस्छ काहालिन्को भीरमा ।
हज्जार हज्जार ह्लामा पुस्तक अटेसमटेस शिरमा ॥
(२)
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी ।
निधारबीचमा आँखा पुर्याई खुम्च्याई दोटा नानी ।
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥
(३)
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे ।
सानो प्वालमा खस्ने रोटी फलफूल टिपी खान्थे ।
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आर्को 'चाङना' भन्थे ॥
(४)
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो ।
न त उल्लाई विरहले फेरि मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूकी सम्झी मनले सह्यो ॥
(५)
ह्मे ह्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
न त उल्लाई विरहले फेरी मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥
(६)
ल्मे ल्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
अक्षर अक्षर देख्यो झलझल चाङना सुकुमारी ।
जपना सपना बिपना उसका फुल्न लागे भारी ॥
(७)
झन् झन् बन्दै गयो मैन शरीर उसको सारा ।
अन्धकारले ठाउँ छोड्यो बर्स्यो अमृतधारा ।
जून झैँ शीतल ज्योति निकल्यो मगजबाट सारा ॥
(८)
देख्न लाग्यो चाङना अब रानी लूनी ज्योति ।
भगवान् बुद्ध चन्द्रमा झैँ आकाश बल्ने माथि ।
सारा संसार तिनमा बस्यो ज्योति जस्तो जाति ॥
(९)
आखिर तिनी लूनी रानी सजीव बन्दै गइन् ।
वरिपरि नाच्ने मूर्ति पहिरो हुन गइन् ।
सपनामा मीठा मीठा सन्देश बोल्ने भइन् !