Jump to content

Lalitya bhag 1 ra 2/shrikrishna bhaktiko rahasys

From Nepali Proofreaders
श्रीकृष्ण-भक्तिको रहस्य

(१)
खोजी गैह्र कुना कुना धरणिका, छामी सबै सागर
फारी दुस्तर वायुमण्डल, बुझी आकाशको अन्तर ।
ज्योतिश्चक्र पनी घुमी फनफनी, लाचार भै आखिर
पत्ता क्यै नमिली गली विरहले राम्रै झुकाई शिर ॥

(२)
हे श्रीकृष्ण ! अनाथनाथ ! भगवन्‌ ! प्यारा कहाँ छौ भनी
भित्री व्याकुल भावले जब तिमी मूर्छा परौला अनि ।
बोलेथ्यौ जुन ठामबाट पहिले तत्काल त्यै ठाममा
देख्नेछौ झलमल्ल दिव्य भगवान्‌ साक्षात्‌ स्वयं-धाममा ॥