Jump to content

Lalitya bhag 1 ra 2/sahityako football

From Nepali Proofreaders
साहित्यको फुटबल

(१)
[1]भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर
भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ्‌ र गोल्‌कीपर ।
खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥

(२ )
खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी
ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।
हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्‌
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस्‌ ॥

(३ )
त्यो घात प्रतिघात-सङ्क्रमणको चातुर्य-सौदामिनी
लड्नासाथ उडेर चक्कर लिदै घुम्दै रहोस्‌ फन्फनी ।
खेल्छौँ हामि जती उती चटपटे उस्को नयाँ रङ्ग होस्‌
सारा दर्शक-वर्ग मस्त सुरमा ताली पिटी दङ्ग होस्‌ ॥

  1. (यो कविता द्वितीय कविसम्मेलनमा पढिएको हो । -लेखक )