Jump to content

Lalitya bhag 1 ra 2/matribhumiko prarthana

From Nepali Proofreaders
मातृभूमिको प्रार्थना

(१)
हे मातृभूमि ! तिम्रा हामी सबै पुजारी ।
गिरिराजकी सुपुत्री तिमि पार्वती दुलारी ॥

(२)
शिव भावना छ मनमा बसछ्यौ पवित्र वनमा ।
हिम-भूति त्यो वदनमा झल्कन्छ चित्तहारी ॥

(३)
मेची जया सखी छन्‌ विजया विशाल काली ।
बस्छन्‌ दुवै बगलमा तिम्रै प्रभाव निहारी ॥

(४)
सादा छ भेषभूषा सादा छ वन्य खाना ।
तर इष्टसिद्धि-खातिर तपको प्रयास भारी ॥

(५)
देखी विचार-धारा स्तुति गर्छ विश्व सारा ।
साना ठुला सबै छन्‌ गुण शक्तिका भिखारी ॥