Jump to content

Lalitya bhag 1 ra 2/haseka sahitya sagar

From Nepali Proofreaders
हाँसेको साहित्य-सागर

(१)
कोही वायुकुमार-तुल्य बलिया गर्छन्‌ उडी लङ्घन
कोहि बन्धन हाल्दछन्‌ नलसरी ढुङ्गा-मुढा लीकन ।
कोही अङ्गद नीलझैँ घुमिघुमी आलोचना गर्दछन्‌
सीता निश्चय भेट्दछौँ भनि कुनै आनन्दमा पर्दछन्‌ ॥

(२)
केही भित्र घुमाइ खूब उसमा उत्साहको मन्दर
गर्छन्‌ मन्थन देव-दानव सरी पीयूषको खातिर ।
त्यो देखी कवि(पि)- वर्गको हरघडी चापल्य वा जाँगर
हाँसी नित्य छचल्किँदो छ धमिलो साहित्यको सागर ॥