Jump to content

Lalitya bhag 1 ra 2/dashai

From Nepali Proofreaders
दशैँ
गजल

हट्यो सारा हिलो-मैलो हरायो पानिको वर्षा,
भवानीको भयो पूजा, चल्यो साऽऽनन्दको वर्षा ॥

जता जाऊ उतै भन्छन्‌ दशैँ आयो ! दशैँ आयो !
यही आनन्द-चर्चाले सबै सङकष्ट बिर्सायो ॥

ठुला साना सबैलाई दशैँ अत्यन्त राम्रो छ,
चलेको चाडमा ज्यादा यही उत्कृष्ट हाम्रो छ ॥

गरी दुर्गाऽऽर्चना भारी प्रसाद प्रेमले धारी,
ठुला साना सबै रैती बने साऽऽनन्द शृङ्गारी ॥

सबै राम्रा, सबै ठाँटी, सबै नाना तमासामा,
सबैका माथमा जौका पहेँला आँकुरा लामा ॥

सबै अत्यन्त आनन्दी सबै छन्‌ पीङमा दङ्ग,
सबैको देखिँदै आयो उज्यालो चेहरा रङ्ग ॥

विजेता आर्यको यो हो पुरानू कीर्तिको स्तम्भ,
[1]खडा राखीदिए दुर्गे ! जगन्माता ! पछीसम्म ॥

  1. यो कविता नेपाली भाषा प्रकाशिनी समितिको पहिलो पुस्तकका लागि लेखिएको हो ।