Lalitya bhag 1 ra 2/bibek batikako sanu ful 2
Appearance
विवेक-वाटिकाको सानू फूल (क)
कोही विद्वान् कहन्छन्
ऋषि मुनितकले
ब्रह्म चिह्नु छ गाह्रो ।
माया-जञ्जाल जान्ने
विषयकन कुनै
ठान्दछन् उग्र गाह्रो ।
भन्छन् कोही महात्मा
पुरुष पुरुषको
भाग्य जान्नू छ गाह्रो ।
कोही रोएर भन्छन्
कुटिल मतलबी
मित्र चिह्नू छ गाह्रो ॥