Lalitya bhag 1 ra 2/bamshidharko dibya bamshi
Appearance
वंशीधरको दिव्य वंशी
(१)
सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावन
घन्काएर घनक्क, भित्र उसमा भर्दै नयाँ जीवन ।
हे वंशीधर ! विश्वमोहन ! परा वाक्रूपिणी बाँसुरी
फुक्छौ नित्य नयाँ नयाँ सुर झिकी व्यामोह-वर्षा गरी ||
(२ )
त्यो चर्को सुरबाट जागृत बनी तिम्रै गरी खोजनी
घुम्न रासविलासको रहरमा धीवृत्ति छन् गोपिनी ।
साथै छौ, तर लुक्नमा चतुर छौ, हाँसीरहन्छौ लुकी
त्यै तिम्रो रस-रङ्गमा छ रसिलो यो सृष्टिको चक्चकी ॥