Bhikari/prashnottar
Appearance
प्रश्नोत्तर[1]
१
'के हो अहो! अमृत त्यो सुरदेव पान ?'
'सच्चा कमाइ गरिखानु भनेर जान ।'
'खोज्छन् सबै सुख भनी त्यो सुख त्यो कहाँ छ ?'
'आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।'
२
'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?'
'तर्किन्छ त्यो रुखमनी, जुन साथ मिल्छ ।'
'देखिन्छ ईश कुन मन्दिरमा पसेर ?'
'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।'
३
'यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?'
'फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।'
४
'कर्तव्य के छ जनको, यति छन् विरोध ?'
'नक्षत्र हेर नभमा, दिलसाथ सोध !'
'के हो ठुलो जगतमा ?' 'पसिना विवेक'
'उद्देश्य के लिनु ?' 'उडि छुनु चन्द्र एक ।'
- ↑ यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।