Jump to content

Bhanubhaktako ramayan/bhanubhaktaka-futkar-rachanaharu

From Nepali Proofreaders


पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ॥


चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी ॥

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ॥

कहिँ भोट - र लण्डन - चीन - सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी ।
लखनौं - पटना - मदरास - सरी
अलकापुरि कान्तिपुरी नगरी ॥

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर - र - वीर - भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी ॥

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ॥


यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ॥१॥

याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
यस्देखि सोख अरु थोक म के चिताऊँ ।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊँ,
खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ ॥२॥


रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।


जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी ।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि ।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।


चालीस्‌ वर्ष भयाँ म पुत्र पनि एक्‌ मात्रै छ आठ् वर्षको,
आयो काल्‌ व्रतबन्धको गरुँ कसो वेला त हो हर्षको ।
क्यारूँ नाथ म ता पर्‍याँ फजितिमा एक्लो ञाहाँ छू फगत्,
कुन्‌ पाठ्ले व्रतवन्ध पार्‌ गरुँ भनी देख्छू अँध्यारो जगत्‌ ॥
गायत्री दिनु बाबुको छ अधिकार्‌ दीक्षा दिनू माइको,
वालक्‌ले पनि वेद्‌ पढीकन सुसार्‌ गर्नू गुरू गाइको ।
यस्तो मुख्य वखत्‌ छ यो अरु छ कुन्‌ काम्‌ पार्‌ लगाई दिन्या,
धेरै विन्ति कती गरूँ चरणमा एकै कुराले छिन्याँ ॥
ख्वामित्‌ आज् हजुर्‌हरू पृथिविमा मालिक्‌ छँदामा पनी,
ब्राह्मण्‌को व्रतबन्ध अड्कन तयार्‌ देख्याँ र मालिक्‌ भनी ।
जाहीरात गर्‍या प्रभू चरणमा जो मजि होला भनी,
कण्ढैसित्‌ भनि मर्जि हुन्छ त भन्या क्यारूँ सहन्छू पनी ॥


शरिर छ अति कच्चा अन्न-जलूले रहयाको
विनति कति गरूँ यो देहमा जो भयाको ।
बहुत फजिति पाताँ रोगले ग्रस्त पारी
शरिर हुन गयो ठिक्‌ पूर्व झैँ फेरि भारी ॥
व्यधैंमा म कुमारिचोक थुनिजा वारी बिरामी भई
आयाध्याँ घरमा बिराम्‌ अति बढ्यो ठूलो विपत्ती सही,
काटथाँ दिन्‌ अव सञ्च भो अझ पनी थुञ्छन्‌ त मेरो गती,
आर्को छैन दया रहोस्‌ हजुरको मेरा त ख्वामित्‌ पती ॥


साँचा हुन्‌ जति लेखिया सव कुरा आफ्नू व्यहोरा दरी,
ई कूरा त अह्गन्‌ सवाल रितले सेस्ता प्रमाणूले गरी ।
साबीतै ठहरेन पो पनि भन्या यस्मा अइन्‌मा जती,
तोक्याको छ गुना हजार तिसुँला राख्वैन एकदाम्‌ रती ॥
यसभन्दा अरु पत्र पात्र पनि छन्‌ भोग्‌ छन्‌ दशी छन्‌ सही,
श्रोता साक्षि कुरा कहानि पनि छन्‌ मेरा सनद्‌ छन्‌ कहीँ ।
गर्न्या छैन उजुर्‌ गरन्याँ पनि भन्या झुट्टा गराईदिनू
सरकारमा इजहार्‌ दिजा खुसि भई यो झेल्‌ कसोरी छिन्‌ ॥


न मृत्यु टर्न्या हो यसरि झगडामा अघि सरी,
न कोटिनूको मालिक हुनु छ घरमा दौलथ भरी ।
बिहक्‌मा दिन्‌ जान्छन्‌ तब मन बुझाजउँ म कसरी,
कृपा राखी ख्वामित्‌ अब छिनिदिनोस्‌ हुन्छ जसरी ॥

१०
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

११
असल्‌ मुङ्ग्रे केरा कि त महि हवस्‌ बेस अमिलो
कि ता सेता मूला कि त ब्रु हवस्‌ साग उसको ।
असनल्‌ हुन्थ्यो धृपुमा नतर यसरी खानु कसरी ।
भुटी ल्यायौ थालमा मकइ तिमिले क्याँत यसरी ॥

१२
गजाधघर्‌ सोतीका घर बुढि अलक्षिन्‌क रहिछन्‌,
नरक जानालाई सवसित विदावादि भइछन्‌ ।
गर्यौं सांजमा तिनका घर पिडिमाहां वास गरियो,
निकालीन्‌ सांँजैमा अलिक पर गुज्जान गरियो ॥

१३
ति शालीवाहनका समय षडत्रिशत्‌ भइकन
अनी आषाढ मासको दिन पनि उनन्तिस्‌ गइकन ।
घडी एकतिस्माहा विघटि पनि बत्तिस्‌ परिकन,
नबांशक कण्ठीरब्‌ धनुष परि जो बेस लगन ।॥
मिथुन्‌मा सबै छन्‌ ग्रुनिलय मीन्‌का विघु पनी,
महीसुूत्‌ वुध्‌ राह्‌ शशिसदनका इ तिन पनी ।
गुरू भाग्यस्थानका रविभवनमा गैकन वस्या,
भूगूजी ता आफ्नै सदन बृषमा गैकन पस्या ।
मकरमा सौरी छन्‌ ध्वजसहितका स्दगिग्रहि यहाँ,
वतायाका कमूले ग्रहहरु बवस्या कृण्डलिमहाँ ॥

१४
खर्‌ अक्षर्‌ पर भै बिसर्ग तिमिले क्याले गत्चौ लोप्‌ भनी,
कस्ता पण्डित हौ भनेर चिठिमा लेखी पठायौ पनी ।
खर्‌ अक्षर्‌ पर भै विसर्ग तिमिले पो लोप्‌ गन्यौ देखियो,
यस्तै काम्‌ गरि हिँड्दछौ र तव पो उल्लू भनी लेखियो ॥
चैले दाङ्‌ गइ एक्‌ विवाह गरियो भन्न्या पनी लेखियो ।
फेर्‌ तेसै चिठिमा म मर्छु कहिले भन्न्या पनी देखियो ।
आयूको त विचार्‌ विवाह नगरी पैल्हये उचित्‌ हो लिन्या,
उल्लू ह्वौ तिमि उल्लुलाइ अहिले कुन्‌ उत्तरा हो दिन्या ॥

१५
बिर्के टोपी पठाङ भनि खबर हुँदा भेजियाको त टोपी
माधुमा राखृता त सानै भइगयछ अहो ! क्या भयो टूपि छोपी ।
तस्मात्‌ त्यो टोपि हाम्रा घर दिन्‌ वढिया टोपि आर्को पठाई,
नानी खूसी गरमूला मुख गरि हँसिलो लाउला माथ्‌ अटाई ॥

१६
भाषा श्लोक्‌ भनु ता अवश्य अरु ता बुभ्दैन कोई पनी,
संस्कृत्‌ हुन्‌ भनु ता इ शास्त्रिहरुता घेर्‌ छन्‌ अशुद्धा भनी ।
भन्छन्‌ आज ठिमाहका गणितमा तिम्प्रा शिलोक ई गया,
भाषा श्लोक बनाइ राख तिमि नाक्‌ बुढी र बर्गत्‌ भया ॥

१७
जसद्वारा जसले जहां जसरि जो गर्छन्‌ त जुन्‌ जुन्‌ घरी,
उस्द्वार उसको वहां उ फलभोग्‌ छुट्तैन कस्तै गरी ।
प्रारचौ बलवान्‌ छ सर्व जनको प्रारब्ध-भोग्‌ गर्दछन्‌,
आफ्नू काम छिपाइ दोष्‌कन दिन्या व्यर्ैं नरक पर्दछन्‌ ॥

१८
न पोथी पात्रा छन्‌ न कलम मस्यानी छ सँगमा,
सधैं हुक्का नारी थरकि फिजि खेल्छौ चयनमा ।
कती विर्ता तिम्मो कति छ धन दौलथ्‌ यस घरी,
उडायौ आज्यांको जति अब गया बाबु त मरी ॥
ढीटा छन्‌ सव्‌ क्रा पूरा छोरा धेर्‌ जसका तिनै ।
धनी छन्‌ धनले क्यार्नू भन्दैछन्‌ अघिका बुढा ॥
ढीटा भन्छन्‌ त क्या भैगो सञ्जन्‌का अघि बातमा ।
बक-बक्‌-बक्‌-वक्‌ त जो गर्छन्‌ मूर्ख हुन्‌ ति भनुन्‌ बुढा ॥

१९
ढीटा छन्‌ सब्‌ कुरा पूरा छोरा धेर्‌ जसका तिनै ।
धनी छन्‌ धनले म्यार्नू भन्दैछन्‌ अघिका बुढा ॥
ढीटा भन्छन्‌ त क्या भैगो सज्जन्‌का अघि बातमा ।
बक-बक्‌-वक्‌-वक्‌ त जो गर्छन्‌ मूर्ख हुन्‌ ति भनुन्‌ बुढा ॥

२०
कंश्‌ कञ्चेट्‌ कुहुन्‌ कपाल्‌ र कलेजो काखी करङ्‌ कन्सिरी,
कान्यागूजि र कुर्कुचा कटि र कान्‌ कम्मर्‌ र कापा पनी ।
कान्छिउमूलि र काँध कुम्‌ पनि भया कण्डो र कोखो समेत्‌,
कम्पारो जियमा कदेखि उठन्या विरधोक्‌ इनै हुन्‌ बुझ ॥

२१
मास्‌ भृङ्गी बेल दूभो बयर धतुरो तूलसीका अपाङ्का
बीहीका पात्‌ शमीकाो करविर असङक आँक गुम्पातिका पात्‌ ।
विष्णुकान्ता र दारिम्‌ सुरतरु र कुरो सिन्दुन्याका जयन्ती
फुल्‌कार्गी देरिका पात्‌ लिनु बटुलि गणेश्ूचौधिका दीनमा साथ्‌ ॥

२२
पाँच्‌ तोला घिउ गाइको र खसिको बोसो समानै लिनू,
चिउरीको घिउ सोहि भाग करुवा तेल्‌ भाग सोही दिन्‌ ।
सोइ भाग्‌ कागति-रस्‌ मइन्‌ सब समान्‌ तृथो र गन्धक्‌ अनी,
फुस्रो सिन्दुर गेरु औषध इ चार्‌ पाँच्‌ पाँच मासा पती ॥
चार्‌ चीज्‌ ती पछिका पिनेर मह्ददा पारेर सिन्दूर सरी,
आदीका सव चिज्‌ पगालि हुँडली त्यो चूर्ण ताही छरी ।
लाङ दाद-दिनाइ गैह् खटिरा जूका र डांस्‌ मोस्हरू,
जो जो छन्‌ विषजातिको विष लिन्या छैनन्‌ उपायी अरू ॥

२३
पढ्नु गुन्नू खेल्न माया नगर्नु,
चर्चो गर्नु लक्षमि-बारी-डिहीको ।
ढीटो हुन्‌ इष्ट-सङ्‌ बात गर्दा,
हुनु टाठो जाड्िग्रलो काम पर्दा ॥

२४
कतै खरानी छरि भुस्‌ कतै ता,
कतै कसिङ्गर्‌ कनिका कतै ता ।
सुल्या दिनैदिन्‌ इलमै विगारी,
तेस्ताइ ता भन्नु सुँगुर्नि नारी ॥
फार्दी न लिप्ती मइली छ धेर,
गर्न्नया कुरा धेर घर-घर्‌ डुलेर
राख्या ति भाँडा सब नील पारी,
यो चाँहि हो खास ककर्नि नारी ॥

२५
तिन्‌ सात्‌ एग्घार पन्छ्ै कउडि खडि भया दाउ त्यो हुन्छ तीया,
चार्‌ आठ बाह्रै र साह्रै चित घवट जउन्‌ होस त्यो हुन्छ चौका ।
एक्‌ पाँच्‌ नौ तेह्र ठाडा बुझिलिनु यिनको दाउ पञ्जा छ पक्का,
दुईटा बा छ ओटा दश चउघ खडा कौडि हुन्छन्‌ त छक्का ॥

२६
तान्यो एग्घारबाटै पनि डड बहुतै चक्किले दिग्‌ गरायो,
एकछिन्‌ पाशा विचाच्यां उहिं पनि गइ झन्‌ आउन्या आश््‌ हरायो ।
छक्का लिम्‌ पर्छ चौका यहि रित हुन गो चक्कि पाशा छरूवा,
खेल्दामा साठी हान्याँ दिन पति सकियो आज भय्यो हरूबवा ॥

२७
क्या लड्छन्‌ बटई र तित्रि चखुरा साँडे पहल्मानहरू,
अर्ना भैंसि र सिंह हात्ति कुखुरा लड्छन्‌ ति एकछिन्‌ बरू ।
राज्ज्येको थप गर्न मन्सुव हुदा लड्छन्‌ कि राजाहरू,
की ता स्वामिनिमित नित्य घरमा लड्छन्‌ इ सौताहरू ॥

२८
बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस्
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस्
तिम्रो त्यो मुख चन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी
शीतल गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरि ।

२९
विद्वान्‌ जनूले लोहलाइ बेच्नु छैन,
भन्दा सुन्थ्यां यो कुरो हो कि हैन ।
लोहा बेची मोल क्या लीन्‌ होला,
खड्गै-पूजा-निम्ति यो दीनु होला ॥

३०
स्वस्तिश्री पखरा-अदालतमहाँ डिट्ठा विचारीहरू
पाकङमा परि बिन्ति गर्छु अहिले बेरामि छु क्या गरू
मेरो म्याद रहोस्‌ सकीन अहिले आफंन यो म्यादमा,
गर्न्याछु बकपत्र येहि मितिले एक्‌ मासका भित्रमा ॥

३१
आर्यध्या मतका क्रा चरणमा भगीजो गरम्‌ क्वै भनी,
दर्शन्‌ पाइन फर्कि जान्छु अहिले हाँजर्‌ जनाई अनी ।
हीडयाँ घर्‌-तिर आज ता, घर पुगी फर्केर आई अब,
गन्थन्‌ ई मनका क्रा चरणमा बिन्ती गर्ला सब ॥

३२
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

३३
मानुङ्को सरि गाउँ उत्तम ठुलो लागेन काँही पनी,
वास्तालाइ रमाइला अति चिसो आउँछ हावा पनी ।
घरमा नै बसि फेर्‌ हिमालयजिको बाराहिजीको पनी,
शुक्ला दक्षिण तर्फ उत्तर दिशा माहेन्द्रि दर्शन्‌ पनी ॥

३४
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी ।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ ॥

बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी ॥
अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो ॥

३५
लुच्चा हुन्‌ यस भाटका सव कुरा आँफै कुला मृनिकै,
खेतैलाइ त टापु भन्दछ भन्या यस्‌ भाटको क्या सही ॥

३६
अघिल्ला जन्मैका पनि शरिरमा पाप्‌ कति हुनन्‌
अनी फेरी जाहाँ अझ अरु थपीन्या पनि हुनन्‌
भनी सुद्ठी राख््या जनहरु दयाले तरि-लिनन्‌,
मिचाहा जो जो छन्‌ यमपुरि गई खुपूसित रुनन्‌ ॥
मिचाहा को को छन्‌ भनिकन विचार्‌ गर्नु जनले,
हरीको विश्वासै नगरि हिंडन्या मूर्ष मनले ॥

३७
क्वै उठ्छन्‌ त सबेरमा ति धनकै खाँतीरका काम्‌ लिई,
दौड्याका परदेश घर्‌ घर धनै-वृद्धी विषे मन्‌ दिई ।
धन्‌ ठूलो बुझि धर्म छोडि पनि धन्‌ घरभित्र भर्‌छन्‌ जहाँ,
सब्‌ छोडी मरि जानु पर्दछ नरक्‌ चेत्नन्‌ अनी पो वहाँ ॥

३८
यत्ती छन्‌ सब देवता भनि यहाँ गन्तै नसक्नू भई,
याहीं छन्‌ सब तीर्थ पाप्‌ हरि दिन्या जानू नपर्न्या कहीँ ।
ई नेपालू-सरि पूण्य भूमि त अहो देखीन मैले कतै,
आर्या-तीर्ध"मरण्‌ छ मुक्ति दिनमा तत्पर्‌ खडा छन्‌ शिवै ॥
माया ईश्वरकी जगत्‌ कि जननी श्री गुहयकाली पनी,
आफ्ना भक्त उपर्‌ कृपा गरु भनी ताही बस्याकी पनी ॥

३९
क्याले भुल्छौ जगत्मा नरहरु बहुतै दुःखले पक्रिएका,
सबका शिर्‌माथि लाठी दिन-दिन यमका वज्र नै टक्रिएका ।
देख्छौ सुन्छौ कहन्छौ अझ हरि नभजी वित्तमै चित्त लायौ,
तापू होला खुप्‌ मरणूमा हरि भज नभजी व्यर्थ सब्‌ दिन्‌ बितायौ ॥