Jump to content

Page:Laxmi nibandhasangraha.pdf/37

From Nepali Proofreaders
Revision as of 15:32, 7 February 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

कार्यरूप विश्व भएपछि कारणरूप कर्ता सजिलो न्यायबाट निस्कन्छ। वैज्ञानिकहरू अन्धो काकताली सम्झेर प्रकृतिलाई देखाउँछन् तर विश्वमा अन्धता छैन । त्यहाँ अराजकता देखिन्न । रूखका जरामा पनि दिव्य अभिप्रायको अदृश्य औंला काम गरिरहेको जस्तो देखिन्छ । जडको शून्यताउपर केही अर्कै आभास स्थिति भइरहेछ, मिलाप दिइरहेछ, बनाइरहेछ, आकार मेटिरहेछ । ताराका रेखाहरूमा पनि दिव्य झल्किरहेकै छ। अनि तेस्रो कुरा–हामी विरोधको द्वन्द्वमा साम्य पाइरहेछौं, मानौं ती दुवै विरोधी कुराहरू एकै सत्ताबाट क्रियात्मक रूपमा आभासित छन्। चौथो चीज यो हो कि–जडमा स्वतःक्रिया हुँदैन, किया गर्ने कर्ता सहजसँग प्रमाणित हुन्छ। पाँचौं कुरा– हामी संसारमा दिव्य नीतिको संकेत पाइरहेछौं, यहाँ द्वन्द्वको ऐक्यमा नै शान्ति र सत्य भेट्टाइन्छ। दुःखहरूमा परमेश्वर सम्झाउने र सत्य संकेतक अभिप्राय स्पष्टीकृत छ र हामी असत्यको राहले शान्ति पाउँदैनौं । सौन्दर्य सत्यबाट भल्कन्छ र चराहरूको मधुरता परमात्माहरूको आनन्दको लागि पाइएको जस्तो बुझिन्छ । माधुर्य परप्रेममा आभासित हुन्छ र विश्वोपयोगितामा चीजहरूले सौन्दर्य लिएजस्तो प्रतीत हुन्छ । तब स्पष्ट हुनजान्छ कि–चराचरमा दिव्य नीतिकै शासन रहेछ । छैटौं कुरा–ईश्वरीय चेत नभई मानवमन प्रकृत विकास पाउन सक्तैन, गडबडिन्छ । कट्टर नैतिक पनि टूटफूटको अँधेरीमा पर्दछ । सब तार सुरमा मिल्दैनन् । नास्तिकापत्तिहरूद्वारा संघर्षण र विश्वस्थितिमा गडबडीहरूका प्रणाशक उपाधिहरू उत्पन्न हुन्छन् । सातौं कुरा–परमेश्वरमा विश्वास नगरी कुनै आत्माले संसार छाड्न सक्तैन । यो सबै मनुष्यजातिको त्यस वेलाको अनुभवमा म निर्धारित राख्तछु, जब यिनीहरूको प्राण गलामा आइपुगेको हुन्छ । हाम्रो मरणासन्न प्रकृत आध्यात्मिक ध्वनि 'हे ईश्वर !' को पुकारसँग जीवन समर्पण गर्छ । सार्वजनिक यस प्रवृत्तिले हामी ईश्वरको सत्ता आखिरमा स्वीकार नगरी सक्तैनौ । आठौं प्रमाण–हामी प्रेमको आभासमा पाउँछौं । सिर्जनाको दिव्य अभिप्राय प्रेममा उत्पन्न भएजस्तो देखिन्छ, यो प्रेम अरू ठाउँ अनन्त करुणाको रूपमा देखा पर्दछ। जीवनलाई सच्चा आनन्द दिन सूचना भएका सामग्रीहरू झैं संसारमा सब चीजहरू आभासित भएझैं लाग्छ। तिनमा उपभोगहरूबाट पाइने आनन्दउपर एउटा यस्तो राम्रो दिव्य प्रेमको तत्त्व फल्किन्छ कि त्यसबाट ईश्वरको सहानुभौतिक सादृश्य